Comments Add Comment

सशस्त्रका सईको भीरबाट लडेर मृत्यु

११ भदौ भोजपुर । भोजपुरमा सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।

मोरङ उर्लावारी घर भई सशस्त्र प्रहरी वेस क्याम्प यूँमा कार्यरत सई मनकुमार कार्कीको आज यूँबाट भोजपुरतर्फ आउँदै गर्दा रामप्रसाद राई गाउँपालिका वडा नं. ५ मा लडेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।

सई कार्कीको शव पोष्टमार्टमका लागि आजै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment