Comments Add Comment

रोल्पाका जिसिअलाई कालोमोसो दलेर दुर्व्यवहार

१२ भदौ, काठमाडौं । नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठनले रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यकक्षमै कालोमोसो दलेर दुर्व्यवहार गरेको छ ।

जिशिअ पौडेलले जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक नियुक्ती गरेर घुस खाएको, घुस दिने शिक्षकहरुलाई समयमै तलब निकासा गर्ने अन्यको खाता रोक्का गर्ने गरेका कारण कारबाही गरिएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

सोमबार विहान जिशिअकै कार्यकक्षमा चलिरहेको बैठकको बेला नेकपा निकट विद्यार्थीहरुले कालोमोसो दलेको बैठकमा सहभागी एक स्रोत व्यक्तिले बताए ।

मोसो दल्ने व्यक्तीहरुको खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment