+
+

सानिमा बैंकले निम्न आर्थिक अवस्थाका महिलाको उपचारमा सघाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १२ गते १६:२७


१२ भदौं, काठमाडौं । सानिमा बैंक लिमिटेड र पाटन हस्पिटलबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि सम्झौता भएको छ ।

सम्झौता अन्तर्गत बैंकले उपचारका लागि प्रत्येक महिला एक पटक बीस हजारसम्म आर्थिक सहयोग उपलब्घ गराउने छ ।
बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । सो

कोषमा जम्मा भएको रकम नारी उत्थानका लागि खर्च गर्ने लक्ष्य अन्तर्गत बैंकले पाटन हस्पिटलसँग यो सम्झौता गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पाटन हस्पिटलका तर्फ बाट हस्पिटल निर्देशक डा. बिष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?