Comments Add Comment

मोरङका बाढीपीडितका लागि भत्ताबापतको रकम निकाशा

१२ भदौ,विराटनगर । सरकारले मोरङका वाढीपीडितलाई राहत वितरण गर्न २९ लाख रुपैयाँ निकासा गरेको छ ।

एक महिनासम्म प्रति व्यक्ति दैनिक ७० रुपैयाँ उपलव्ध गराउने सरकारी निर्णय अनुुसार मोरङमा पेस्की स्वरुप २९ लाख निकासा भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

जिल्ला दैवी प्रकोप उदार समितिले गरेको निर्णय अनुुसार नगरपालिका तथा गाउँपालिका गरी पाँचवटा स्थानीय तहका बाढीपीडितलाई केन्द्रबाट रकम वितरणका लागि पठाइएको मोरङका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले जानकारी दिए ।

पहिलो चरणमा १३ सय २९ जनालाई माहिनाको २१ सय रुपैयाँका दरले वितरणका लागि समितिले रकम निकासा गरेको प्रमुुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

कतिपय स्थानीय तहमा रकम वितरण गर्ने कामसमेत भइरहेको र वाँकी रकम स्थानीय तहमा निकासाका लागि पठाउने तयारी भइरहेको छ । जिल्ला दैवी प्रकोट उद्धार समितिले वाढीपीडितका लागि २ करोड ३५ लाख ८५ हजार ५ सय ६३ रुयैायाँ वरावरको राहत समाग्री वितरण गरिएको पनि प्रमुख जिल्ल्ला अधिकारी आर्चायले वताए ।

असारको अन्तिम साता आएको वाढीले जिल्लाका ३ हजार ८ सय ८० परिवारका १६ हजार ८ सय ७९ सदस्य विस्थापित भएका थिए । जसमा १६ जनाको मृत्यु भएको थियो भने ५ जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment