+
+

ताकेता गर्दा पनि स्थानीय तहमा गएनन् शिक्षाका कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते ६:०५

१३ भदौ, काठमाडौं । शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरु गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् ।

मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन ६ भदौमा निर्देशन दिएको थियो ।

विभिन्न कारण देखाउँदै स्थानीय तहमा नगएपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको बैठकले खटाइएका कर्मचारीलाई हाजिर हुन र सोको जानकारी दिन निर्देशन दिएको थियो । तर, अधिकांश कर्मचारी अझै पनि सरुवा गरिएको स्थानमा गएका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?