Comments Add Comment

जनकपुरलाई महानगरपालिका घोषणा गर्ने सरकारको तयारी

१३ भदौ, वीरगन्ज । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यालयहरु समेत स्थापना भइसकेको अवस्थामा सरकारले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्ने तयारी गरेको छ ।

उम्मेदवार मनोनयन दर्ताको एक सातामात्र अगाडि जनकपुरलाई महानगर घोषणा गर्न लागिएको सत्तारुढ फोरम लोकतान्त्रिकका महामन्त्री भारतेन्दूकुमार मल्लिकले खुलासा गरेका छन् ।

चुनावी तयारीका क्रममा वीरगन्जमा रहेका मल्लिकले अनलाइनखबरसँग भने-‘जनकपुरलाई महानगरपालिका बनाउने सबै तयारी भइसकेको छ । हाम्रो अध्यक्ष समेत रहनुभएका संघीय मामिला मन्त्री बिजयकुमार गच्छदारले मन्त्रिपरिषदमा लगेर घोषणा गरिनेछ ।’

प्रदेश न २ को १३६ स्थानीय तह मध्ये वीरगन्जमात्र महानगरपालिका हो । सबै राजनीतिक दलले जनकपुरलाई महानगरपालिका बनाउनुपर्ने माग राख्दै आएकाले सबैको सल्लाहमै महानगर घोषणा गर्न लागिएको मल्लिकले बताए ।

जनसंख्या र अन्य स्थानीय तह हेरफेर नगरी उपमहानगरपालिकालाई महानगरपालिकामा परिणत गर्न लागिएको हो ।

महेश दासबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment