Comments Add Comment

१५ महिनापछि सारापोभाको शानदार कमब्याक

१३ भदौ, काठमाडौं । प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनमार्फत शानदार पुनरागमन गरेकी छन् ।

वाइल्ड कार्डमार्फत युएस ओपन खेल्न पाएकी पूर्व नम्बर एक सारापोभाले पहिलो चरणको खेलमा दोस्रो वरियाताकी सिमोना हलेपलाई पाखा लगाउँदै दोस्रो चरणमा प्रवेश गरिन् ।

१४६औं बरियातामा रहेकी ३० वर्षीय सारापोभाले उपाधि दावेदार हलेपलाई २-१ को प्रतिस्पर्धात्मक सेटमा हराइन् । सारापोभा र हलेपको खेल हेर्न २४ हजार दर्शक उपस्थित थिए ।

पहिलो सेट ६-४ ले जितेकी सारापोभाले दोस्रो सेट ४-६ ले गुमाइन् । तर तेस्रो सेटमा ६-३ को जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरिन् । सारापोभा सन् २००६ की युएस ओपन च्याम्पियन हुन् ।

यस्तै अर्को खेलमा बेलायती सुन्दरी जोहाना कोन्टा युएसओपनको पहिलो खेलमै पराजित हुँदै बाहिरिएकी छन् । सातौं बरियाताकी कोन्टाले बरियाताबिहीन सर्वियन खेलाडी अलेक्सान्द्रा क्रुनिकसँग २-१ को सेटमा पराजित भइन् । पहिलो खेलमा ६-४ ले जितेपनि त्यसपछिका दुई सेटमा उनी ३-६ र ४-६ ले पराजित भइन् ।

अर्को खेलमा पाचाैं बरियताकी क्यारोलिन वाज्नियाकीले रोमानियाकी मिहाइला बुजामिस्खुलाई दुई शून्यको सेटमा हराइन् । वाज्नियाकीले मिहाइलालाई ६-१ र ७-५ को सेटमा हराइन् ।

यस्तै भेनस विलियम्सले स्लोभाकियाकी भिक्टोरीया कुज्मोभालाई दुई एकको सेटमा हराइन् । विलियमले कज्मोभालाई ६-३, ३-६ र ६-२ को सेटमा पाखा लगाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment