+
+

कपिल शर्मा एकपछि अर्को झमेलामा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १३ गते २२:३०

भारतीय कमेडियन कपिल शर्मालाई एकपछि अर्को झमेलामा परिरहेका छन् । सोनी टिभीले उनको आचरणमा प्रश्न उठाउँदै कपिललाई एउटा नोटिस पठाएको छ ।

पछिल्लो केही महिनामा खराब स्वास्थ्यलाई देखाएर कपिलले शाहरुख खान, अनुष्का शर्मा, अर्जुन कपुर, अनिल कपुर, परेश रावल लगायत अतिथिहरुसँगको सुटिङ लगातार क्यान्सिल गरेका थिए । आइतबार खबर आयो कि ‘बादशाहो’ को टिमसित पनि कपिलले सुटिङ गरेनन् । अजय देवगण, इमरा न हासमी, इलियाना डिक्रुज, ईशा गुप्ता सेटमा उपस्थित थिए, तर कपिल आफैं आएनन् । प्रोडक्सन टिमले उनलाई बारम्बार फोन गर्‍यो तर, उनको फेान अफ थियो ।

कपिलको लापरवाही बढ्दै गएकोप्रति सोनी च्यानल तीव्ररुपमा असन्तुष्ट बनेको बुझिएको छ । उसले कपिललाई पहिले पनि वार्निङ दिएको थियो र हालै सम्झौता पनि बढाएको थियोउ । तर, कपिलको यस्तो व्यवहारबाट च्यानल दिक्क बनेको छ । ‘द कपिल शर्मा शो’ को टीआरपी पछिल्लो समय खस्किइरहेको छ । यसलाई डान्स प्लस ३, खतरोंके खिलाडी र सारेगामापाले पछि छोडेका छन् ।पछि कपिलको टिमले भन्यो कि ‘पेनिक अट्याक’ को कारणले उनी सुटिङमा आउन सकेनन् । तर, कपिल निकट सूत्रले भने उनी बिहान ढिलो गरी उठेकाले आउन नभ्याएको बताएको छ ।

केही दिनअघि एक वेवसाइटले कपिल डिप्रेसनबाट पिडित रहेको उल्लेख गरेको थियो । यद्यपि, फेसबुक च्याटका क्रममा कपिलले यसलाई खण्डन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?