+
+

‘छक्का पञ्जा-२’ मा फेरि लफडा, नाइलनको साडीजस्तै अर्को गीतमा पनि चोर औंला !

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते ११:१२

१४, काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ नाम अनुसारकै लफडा झेलिरहेको छ । प्रचलित जोक्सहरु जोडजाड गरेर बनाइएको ‘छक्का पञ्जा’ले हलमा राम्रो कारोबार गरेपछि हौसिएका उनीहरुले ‘छक्का पञ्जा-२’ निर्माण गरे । तर, यो फिल्मलाई पहिलो गाँसमै ढुंगा मिल्यो ।

फिल्मको अरु पक्षमा कसैले औंला ठड्याएको छैन । यद्यपि गीतमा भने ‘झेल’ गरेको चर्चा छ । विगतमै चलेको गीत ‘नाइलनको साडीमा’लाई नवीकरण गरेर आफ्नो नाममा पेश गरेपछि दीपकराज गिरी विवादमा तानिएका थिए । यो विवाद किन पनि चर्को र पीरो बन्यो भने, अघिल्लो बर्ष ‘छक्का पञ्जा’को पाइरेसी भएको भन्दै उनै गिरीले केही युवामाथि उजुरी गरेका थिए । त्यसमध्ये एक जनाले आत्माहत्यासमेत गरेका थिए ।

पाइरेसी विरुद्ध उपदेश दिने गिरी स्वयंलाई ‘पाइरेसी’को तक्मा भिराइयो । यो सिलसिला यतिमै टुंगिएको छैन ।

पहिलो गीतको विवाद मत्थर भएपछि त्यही फिल्मको दोस्रो गीत छायांकन गरियो, ‘म त यता किनारामा ।’ जसै यो गीत सार्वजनिक भयो, त्यसमाथि पनि लफडा आइलाग्यो । यो गीतको लय मिलेको भन्दै फेरि छक्का पञ्जा-२ लाई उडाउन थालिएको छ ।

केहीरंग पत्रकारले छक्का पञ्जाको गीतमाथि तीखो टिप्पणी गरिरहेका छन् । यसो भन्दै, ‘बक्स अफिसमा छक्का पञ्जा-२ ले रेकर्ड तोड्ला/नतोड्ला, गीत विवादित (चोर्ने) प्रतिस्पर्धामा चाँहि रेकर्ड राख्ने नै भयो ।’

गीत हरिवंश आचार्य र आस्था राउतले गाएका हुन् ।

गायक राजेश पायल राईले केही समयअघि एउटा पोस्ट गरेका छन्, जसमा अमूक गीतमाथि व्यंग गरिएको छ । गीत स्पष्ट नखुलाए पनि उनको संकेत छक्का पञ्जा-२ को गीतप्रति छ । उनले आफूले ‘देवर बाबु’का लागि गाइएको गीत नै अहिले ‘रिमेक’ भएर आएको घुमाउरो भाषामा उल्लेख गरेका छ्न ।

गायक राईले लेखेका छन्, ‘यो गीतको रिमेक भर्सन आये रे नि त आज । हामी (म र साधना सरगम)ले कपिराइटको क्लेम गर्दैनौ ।

किनकी हामीले गाएको मात्र हो । यसका संगीतकार सुरेश अधिकारी र गीतकार नारायण भण्डारी र फिल्म ‘देवर बाबु’ टिमले फेरि लफडा नगरोस् हेहेहे …।’ उनले आफ्नो गीतको भिडियो समेत राखेका छन् ।

पुरानो गीतसँग लय मिलेको भनिएको छक्का पञ्जा-२ को अर्को गीत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?