Comments Add Comment

साञ्चेसलाई किन्ने सिटीको प्रस्ताव आर्सनलद्वारा अस्वीकार

१४ भदौ, काठमाडौं । चिलीका स्ट्राइकर एलेक्सिस साञ्चेसका लागि म्यान्चेस्टर सिटीले गरेको ५० मिलियन पाउण्डको प्रस्ताव आर्सनलले अस्वीकार गरेको छ ।

२८ वर्षीय स्ट्राइकर साञ्चेसले गत सिजन आर्सनलका लागि २४ गोल गरेका थिए । उनको आर्सनलसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिनेछ र उनी सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको मातहतमा खेल्न चाहन्छन् ।

आर्सनलले साञ्चेसका लागि कुनै पनि प्रस्ताव स्वीकार नगर्ने भएको छ । यस सिजनको ट्रान्सफक समयसीमा बिहीबार सकिँदैछ ।

आर्सनल र सिटीबीच साञ्चेस र रहिम स्टर्लिङ आदान प्रदान गर्ने सम्भावना पनि कमजोर हुँदै गएको छ । सिटी प्रशिक्षक ग्वार्डिओला साञ्चेसप्रति आकषिर्त रहेपनि आर्सनलले बेच्न अस्वीकार गरेको छ ।

२२ वर्षीय इंग्लिस फरवार्ड स्टर्लिङले पि्रमियर लिगमा सिटीका लागि तीनै खेलमा पहिलो रोजाईमा परेका थिए । यद्यपि मोनाकोबाट बर्नाण्डो सिल्भालाई भित्र्याएको म्यान्चेस्टर सिटीले इत्तेहाद रंगशालामा स्टर्लिङको भूमिकाको ग्यारेन्टी गरिसकेका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment