+
+

अर्घाखाँचीमा एक करोडको मह उत्पादन

घनश्याम पौडेल  घनश्याम पौडेल
२०७४ भदौ १४ गते १७:०२

१४ भदौ, अर्घाखाँची । जिल्लामा वाषिर्क एक करोड बराबरको मह उत्पादन हुने गरेको छ । वाषिर्क रुपमा ९ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय, अर्घाखाँचीका कृषि प्रसार अधिकृत थिरलाल गैरेले जानकारी दिए ।

मह उत्पादनबाट मात्रै ९० लाख रुपैयाँ आम्दानी भएको छ । योसँगै आन्तरिक खपत गरी झण्डै एक करोड रुपैयाँ बराबारको आम्दानी भएको उनको भनाइ छ ।

मह उत्पादन प्रत्येक वर्ष बढिरहेको छ । जिल्लाचर चिउरी, सुन्तला, लिची, अम्बा लगायत फुलफुल्ने रुखहरु प्रशस्त भएकाले मौरीपालन व्यवासया फस्टाउँदै गएको उनले बताए ।

ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष, सवर्णखाल लगायतका साविकका १५ वटा गाविसहरु मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।

कृषि कार्यालयले जिल्लाभर मौरीपालनको लागि राम्रो क्षेत्र मान्दै पहिलो प्राथमिकता दिइ आधुनिक घार वितरण, कृषकलाई तालिम, प्राविधिक शिक्षा लगायतका सहयोग गरेको छ ।

जिल्लाका केही स्थानमा परम्परागत रुपमा मौरी पालन गरिएको छ भने पकेट क्षेत्र घोषण गरिएका ठाउँहरुमा भने व्यवसायिक रुपमा आधुनिक घारमा मौरी पालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?