+
+

कतारमा हसन र नीशाको ‘रोमियो’ प्रदर्शन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १०:१७


कात्तिक १७ गतेलाइ नेपालमा प्रदर्शन तोकिएको चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन भने कतारको दोहामा हुने भएको छ । यही शनिबार कतारमा चलचित्रको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिएका छन् । उनका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट चलचित्र प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा चलचित्रको प्रदर्शन हुने हसनले जानकारी दिए ।

चलचित्रको प्रदर्शनका लागि हसन कतार पुगिसकेका छन् । ३ हजार भन्दा बढी दर्शकले चलचित्र हेर्ने अपेक्षा गरिएको हसनले बताए । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रमा हसनराज खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ‘किन आज ल्याङ ल्याङ’ बोलको गति अहिले सर्वाधिक चर्चामा छ ।

लभस्टोरी कथामा निर्माण भएको यो चलचित्रलाइ कतारबाट राम्रो प्रतिक्रिया मिल्नेमा हसन विश्वस्त छन् । मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्रको प्रदर्शन कतारमा गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?