+
+

यसरी भयो गोरखाको निर्वाचन क्षेत्र निर्धारण

बिकास मरहट्टा बिकास मरहट्टा
२०७४ भदौ १५ गते १३:१०

१५ भदौ, गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखामा दुई निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । यसअघि गोरखामा तीन निर्वाचन क्षेत्र थियो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ मा गण्डकी, शहिद लखन, भीमसेन, आरुघाट, धार्चे, चुमनुव्री गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ अन्तर्गत पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका र सुलीकोट गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १२, १३ र १४ रहेका छन् ।

प्रदेश सभा सदस्यका लागि गोरखामा चार निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाको वडा नम्वर १, २, ३, ४, ५, ६ र ७ लाइ समेटेर एउटा प्रदेश सभा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

त्यस्तै अर्काे क्षेत्रमा भिमसेन, आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिकालाई राखिएको छ । प्रदेश सभाका लागि छुट्याइएको यी दुई क्षेत्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा पर्छन् ।

गोरखा नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १२, १३, १४ र पालुङटार नगरपालिकालाइ प्रदेश सभाको अर्काे निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

र, सिरानचोक, सुलिकोट र अजिरकोट गाउँपालिकालाइ समावेश गरी चौथो प्रदेश सभा निर्वाचन क्षेत्र तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?