+
+

राहत बाँड्दै वाईसीएलले भन्यो- मधेसको सुख-दुःखमा सँगै छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १५ गते १५:१६

१५ भदौ, रौतहट । वाईसीएल नेपालले तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । राहत वितरण गर्न फ्याक्सन इञ्चार्ज मणि थापासहित वाईसीएल पदाधिकारीको टोली तराई मधेसका जिल्लामा छ ।

टोलीले बिहीबार रौतहटको कटहरिया नगरपालिका-९ डुमरियाका दुई सय घर परिवारलाई राहत वितरण गरको वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वाईसीएल फ्याक्सन इञ्चार्ज मणि थापाले मधेसी समुदायको दुःख सुखमा सधैं साथ दिने बताए । माओवादीले जनयुद्धदेखि नै मधेसका मुद्दा उठाउँदै आएको र मधेसी जनताको हकअधिकारको लागि अहिले पनि लडिरहेको उनले भनाइ राखे ।

राहत वितरण गर्न अध्यक्ष सापकोटासहित, उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुबोधराज शेर्पाली, सचिव दिवस पाण्डे, सियाराम कुसुवाहा फिरोज, सुबित ढुंगाना, कोषाध्यक्ष मिङमा डण्डु शेर्पा, २ नं. प्रदेश संयोजक शंकर महत, केन्द्रीय सदस्य नविन खड्का लगायत खटिएका छन् । वाईसीएलको टोली राहत वितरण सँगसँगै आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय चुनावको तयारीमा पनि परिचालित छ ।

‘जनताको हरेक प्रकारको दुःख सुखमा साथ दिन वाईसीएल यहाँ आएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘वाईसीएल जनतासँगै थियो, अहिले पनि छ र रहिरहने छ ।’

बाढी पीडितलाई सहयोग गर्न यसअघि वाईसीएले राहत कोष स्थापना गरेको थियो । वाईसीएलले एक लाख रुपैयाँ राखेर खोलिएको कोषमा देश विदेशका नेपालीहरुले रकम जम्मा गरेर सहयोग गरेको अध्यक्ष सापकोटाले बताए । नेपाली जनप्रगतिशिल मञ्च युएई, जनप्रगतिशिल मञ्च कतार, कुवेत र बहराइन लगायतबाट सहयोग प्राप्त भएको वाईसीएलले जनाएको छ ।

‘विदेशी भूमिबाट आफूले एक छाक गास काटेर राहत सहयोग पठाउनुहुने सबैप्रति आभारी छौं,’ अध्यक्ष सापकोटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?