Comments Add Comment

गुल्मीमा दुई निर्वाचन क्षेत्र, प्रदेशतर्फ चार

१५ भदौ, गुल्मी । निर्वाचन क्षेत्र निर्धारणमा गुल्मीमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र निर्धारण भएको छ । हालका ३ निर्वाचन क्षेत्रलाई दुईवटा बनाइएको हो । प्रदेश सभाका लागि भने चार निर्वाचन क्षेत्र तय गरिएको छ ।

कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, रुरु गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिकामा रहेका ७ देखि १४ वडा हरु क्षेत्र नम्बर १ मा परेका छन् ।

र, मालिका गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा क्षेत्र नम्बर २ मा छन् ।

प्रदेस तर्फ क्षेत्र नम्बर १ मा रहेका कालिगाण्डकी, सत्यवती, चन्द्रकोट, रुरु गाउँपालिकाका २, ५, ६ नम्बर वडालाई १ र रुरु गाउँपालिकामा रहेका १, ३, र ४ वडा छत्रकोट, गुल्मी दरवार, रेसुङ्गा नगरपालिकामा रहेका ७ वडा देखि १४ वडा सम्मको लाई २ नम्बरमा क्षेत्रमा राखिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ तर्फ रेसुङ्गा नगरपालिकामा रहेका १ देखि ६ वटा वडा, इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकालाई १ र मालिका, धुर्कोट र मदाने गाउँपालिकालाई २ प्रदेश गरी ४ वटा प्रादेशिक सभामा बिभाजन गरिएको छ ।

गुल्मीमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रेसुङ्गा नगरपालिकालाई दुइवटा क्षेत्रमा बिभाजित गरिएको छ भने प्रदेशसभा निर्वाचन क्षेत्रमा रुरु गाउँपालिका बिभाजन भएको छ ।

एउटा नगर र गाउँपालिका २ वटा निर्वाचन क्षेत्रमा बिभाजन नगरी सीमाङकन गर्न जिल्लाका राजनीतिक दलहरुबाट प्रयास भएपनि अत्यमा बिभाजन भएका छन् । गुल्मीमा १२ वटा स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment