Comments Add Comment

टाइगर श्राफ र दिशा पटानी घर खोज्दै, कुरा के हो ?

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेमको गल्ली गल्लीमा चर्चा छ । यद्यपि उनीहरुले सार्वजनिकरुपमा आफूहरुलाई प्रेमी-प्रेमिका भनेर चिनाएका छैनन् ।

हालै मात्र उनीहरु एउटा घरबाट एकैचोटि निस्किए । अनि, दुवै जना एउटै कार भित्र पसे । बुझ्दै जाँदा उनीहरु घर हेर्न आएका रहेछन् । कतिपयले उनीहरु लिभिङ टुगेदरमा बस्ने तयारीमा रहेको बताएका छन् भने कतिले यो घर टाइगरले दिशालाई गिफ्ट दिन लागेको दावी गरेका छन् ।

त्यसो त उनीहरुको सम्वन्धका विषयमा दुवै पक्षका परिवार सकारात्मक रहेको बताइन्छ । उनीहरु एक-अर्काको घरमा बाक्लै आउजाउ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment