Comments Add Comment

कुवेतमा एक नेपाली चेलीको मृत्यु

१ सेप्टेम्बर, कुवेत । कुवेतमा फेरि नेपाली चेलीको मृत्यु भएको छ । विगत ३ वर्षदेखि घरेलु कामदारको रुपमा कुबेतमा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ ।

रामेछाप, गोकुलगंगा गाउँपालिका नामाडी-८ की २७ वर्षे तारादेवी खड्काको स्वीमीङ पूलमा डुबेर मृत्यु भएको हो ।

पासपोर्ट नं २७५३५२३ की तारादेवी खड्का स्पोन्सरको परिवारसहित घुम्न जाँदा सबाअलनासरमा बुधबार साँझ ६ बजे अचानक स्वीमीङ पूलमा डुबेर मृत्यु भएको हो ।

पहिलो स्पोन्सरको घर छोडेर दोश्रो स्पोन्सरको घरमा काम गर्दै आएकी ताराको हालका स्पोन्सर दूतावासको सम्पर्कमा आइसकेको र अब पहिलो स्पोन्सर सम्पर्कमा आउनासाथ कागजी प्रकृया पूरा गरी जतिसक्यो छिटो मृतकको शव नेपाल पठाइने दुताबासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment