+

पोखरामा माछापुच्छ्रे क्रिकेट लिग हुँदै, बिजेतालाई ३ लाख

२०७४ भदौ  १६ गते १४:४६ २०७४ भदौ १६ गते १४:४६
पोखरामा माछापुच्छ्रे क्रिकेट लिग हुँदै, बिजेतालाई ३ लाख

१६ भदौ, काठमाडौं । माछापुच्छ्रे क्रिकेट लिगको पहिलो संस्करण पोखरामा आगामी मंगलबारदेखि सुरु हुँदैछ ।

खुकुरी इन्टरटेनमेन्टले आयोजना गर्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । ६ टोलीहरुको एकअर्काबीचको खेलपनि शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

लिगचरणमा शीर्ष र दोस्रो हुने टोलीबीचको बिजेता सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका सबै खेलहरु पोखराको नदीपुरस्थित माछापुच्छ्रे क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताका लागि अक्सनमार्फत ९६ खेलाडीको छनौट गरिएको छ । पोखरा र त्यस क्षेत्रका स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खुकुरी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक बिनायक बिक्रम थापाले जानकारी दिए ।

प्रतियोगितामा राष्ट्रिय तथा युवा राष्ट्रिय टोलीका खेलाडीहरु समावेश छैनन् । अन्तर्राष्ट्रिय प्रयतियोगितामा व्यस्त भएका कारण उनीहरुलाई अनुबन्ध गराउन सम्भव नभएको थापाले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले ३ लाख पुरस्कार पाउनेछन् भने उपबिजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट बलर र व्यट्सम्यानले १०/१० हजार पुरस्कार पाउनेछन् । हरेक खेलका म्यान अफ द म्याचले प्रोत्साहनस्वरुप २ हजार पुरस्कार पाउनेछन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय