Comments Add Comment

सिटी एक्प्रेसको ९० दिने ‘उत्सव एक्सप्रेस’ उपहार योजना


१६ भदौ, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंस्थित् रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रा.लि.ले उक्तउपहार योजना सार्वजनिक गरेको हो । कम्पनीका प्रबन्ध निर्देशकचन्द्र टण्डन अनुसार उक्त उपहार योजना अन्र्तगत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी-सर्ट, र किरिङ उपहार स्वरुप जित्न सक्नेछन् ।

त्यस्तै साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एल.जी. रेपि|mजिरेटर उपहार प्रदान गरिने पनि प्रालिले जनाएको छ ।

त्यसैगरि कम्पनीका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना भाग्यमानी विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्ने जानकारी दिए । कटवालले अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधि भरि सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालद्वारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment