+
+

सन्नी लियोनीको आइटम डान्सलाई सञ्जय दत्तले भने ‘अश्लिल’

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १७ गते २२:३०

जेलबाट निस्केपछि फिल्म ‘भूमि’ मार्फत सञ्जय दत्तले कमब्याक गर्दैछन् । यस फिल्ममा समावेश सन्नी लियोनीको आइटम गीत ‘ट्रिपी ट्रिपी’ चर्चामा छ ।

तर रोचक कुरा के छ भने, सञ्जय दत्त आफैंले यो गीतलाई अश्लिल संज्ञा दिएका छन् । यो गीत फिल्मको कथाले नमागेको समेत उनको प्रतिक्रिया छ ।

स्रोतका अनुसार सञ्जयले निर्माता र निर्देशकलाई सनीको आइटम डान्स काटछाँट गर्नका लागि दवाव दिइरहेका छन् । जबकि ट्रिपी ट्रिपी गीत सामाजिक सञ्जालमा हिट भइसकेको छ । गीतलाई लिएर पाएको प्रतिक्रियाले सन्नी भने निकै उत्साहित छन् ।

सञ्जय आपत्ति जनाएको गीतमा सचिन-जिगरले संगीत दिएका छन् । चर्चिन डान्स डाइरेक्टर गणेश आचार्यले यसको कोरियोग्राफी गरेका छन् ।

फिल्ममा सञ्जयले एउटा गणेश आरति आफैंले रेकर्ड गरेका छन् । फिल्मको ट्रेलरको सुरुवात नै गणेश आरतीबाट हुन्छ । फिल्ममा सञ्जयले एक बाबुको भूमिका निर्वाह गरेका छन्, जो आफ्नो छोरीका लागि लड्छन् । सञ्जयकी छोरीको भूमिकामा अदिती राव हैदरी छिन् । फिल्मको क्लाइमेक्समा देखाइने एउटा गीतमा सञ्जयले आवाजसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?