Comments Add Comment

६० लाखभन्दा बढी अवैध भारुसहित काठमाडौंमा दुईजना पक्राउ


१७ भदौ, काठमाडौं । स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध भारुसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट भारतमा प्रतिवन्धित पुरना नोटहरु बरामद भएको र गन्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी किशोर श्रेष्ठले अनलाइनखबरलाई बताए ।

‘६० लाखभन्दा बढी गनिसक्यौं । अझै केही गन्न बाँकी छ’ श्रेष्ठले भने, ‘प्रतिवन्धित नोटसहित समातिएकाहरु बारे हामी अनुसन्धासान पनि गर्दैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment