Comments Add Comment

सुर्खेतको स्थानीय तहमा दृष्टिविहीनको अधिकार माग

१८ भदौ, सुर्खेत । दृष्टिबिहीनहरुले आफ्ना हक अधिकार स्थानीय सरकारले प्रत्याभूत गरिदिनु पर्ने माग गरेका छन् ।

राज्यले अझैपनि अपाङ्गता भएका नागरिकहरुलाई बेवास्ता गरेको दुखेसो गर्दै उनीहरुले स्थानीय तहबाटै आफ्ना अधिकारहरु प्रत्याभूति गरिदिनुपर्ने बताए ।

आफूहरुसँग क्षमता भएपनि राज्यको मूल धारमा समावेश नगरिएको उनीहरुको भनाइ छ ।

नेत्रहीन संघ सुर्खेतले वीरेन्द्रनगरमा आयोजित नवौं साधारणसभा तथा चौथौ अधिबेशन कार्यक्रममा सहभागी दृष्टिबिहीन नागरिकहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेत्रहीन संघका केन्द्रीय सदस्य तारा ढकालले सुर्खेतमा विभिन्न राजनैतिक दलका पार्टी कार्यालय भएपनि अहिलेसम्म आफूहरुले कार्यालय भवन बनाउन नगरपालिकाले अहिलेसम्म जग्गा समेत दिन कन्जुस्याई गरेको बताए ।

उनले आफनो कार्यालय नहुदाँ कार्यक्रम गर्न समस्या भएको उल्लेख गर्दै नगरपालिकाले थोरै जग्गा दिए भवन बनाउने ताकत आफूहरुसँग रहेको प्रष्ट पारे ।

नेत्रहीन संघ सुर्खेतका अध्यक्ष शुरेश कुमार खड्काले विगतदेखि यस संस्थाले अपाङ्गगता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएको बताउँदै देश स्थानीय संरचनामा गइसकेकाले स्थानीय तहबाटै अपाङ्गगता भएकाहरुका हक अधिकार सुनिश्चित हुनुपर्ने बताए ।

नेत्रहीन संघ सुर्खेतका संस्थापक अध्यक्ष चुडामणि पोखरेलले स्थानीय तहमा निति नियम बनाउँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश हुने खालका कार्यक्रम समावेश गर्न सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment