+
+

अब आइफोनको गुगल एपमा ट्रेन्डिङ फिचर

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १८ गते १३:०१

गुगलले एप्पलको एप स्टोरमा रहेको आफ्नो गुगल सर्च एपमा नयाँ फिचर थप गरेको छ ।

आइफोनको गुगल एपमा अब टि्वटरमा जस्तै ट्रेन्डिङ सर्च फिचर हुनेछ जसले तत्काल सबैभन्दा धेरै खोजी भईरहेका विषयहरु देखाइदिनेछ । गुगल सर्च एपको सर्च बक्समा ट्याप गर्ने बित्तिकै अब विश्वमा सबैभन्दा बढि खोजी भैरहेका अर्थात् ट्रेन्डिङ विषयहरुको सूचि देखापर्नेछ ।

त्यस्तै एप स्टोरको गुगल सर्च एपमा एक अर्को नयाँ फिचर पनि थप भएको छ, What’s new  । टेक क्रन्च वेबसाइटका अनुसार यसले गुगल सर्च बक्समा प्रयोगकर्ताले कुनै विषय टाइप गर्ने बित्तिकै सर्च बटन नथिचिकनै उक्त विषयको सुरुवाती जवाफ देखाइहाल्छ ।

गत वर्ष एन्ड्रोइडमा पनि यही फिचर थप गरिँदा एन्ड्रोइड प्रयोगकर्ताहरुले खासै रुचाएका थिएनन् । यो फिचरले गुगल सर्चमा तत्कालै देखाउने जवाफ आफुले खोजी गरेको खास जवाफ नहुने कारणले गर्दा कहिलेकाहीँ दिक्कलाग्दो हुने गरेको प्रयोगकर्ताको गुनासो थियो । पछि गुगलले यसमा केही संशोधन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?