Comments Add Comment

सुरु भयो इन्द्रजात्रा, हेर्नुस् तस्वीर

१८ भदौ, भक्तपुर । धार्मिक तथा साास्कृतिक महत्वको परम्परागत इन्द्रजात्रा काठमाडौं उपत्यकामा सुरु भएको छ । जात्रा आठ दिनसम्म मनाइन्छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ ।

काठमाडौंको हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ हुन्छ । भक्तपुरमा पनि चोक-चोक र दोबाटोमा छोटो-छोटो लिंगो ठड्याउने प्रचलन छ ।

धार्मिक पूजाआजासहित आज भक्तपुरका इताछें, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमालगायत स्थानमा साना-साना लिंगाहरु ठड्याइएको छ ।

यो जात्राको मुख्य आकर्षण नै लिंगो हो । भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रध्वजा ठड्याएर सुरू हुने यो जात्रा आठ दिनसम्म विभिन्न नाच, गान र रथयात्रा गरी सम्पन्न गरिन्छ ।

लिंगोलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतीकका रुपमा लिइन्छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार जयन्तलाई नियन्त्रणमा लिएका राक्षसहरुसाग युद्ध हुादा देवताहरुको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाइादै आएको सास्कृतिकर्मी ओम धौभडेलले बताए । इन्द्रजात्रालाई दशैं, तिहार, होलीभन्दा पनि पुरानो चाड मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment