Comments Add Comment

उत्कृष्ट खेलाडीको मनोनयनमा किरण र शरद


१८ भदौ, काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जोङ र शरद भेषावकर परेका छन् ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेषावकर, ब्याडि्मन्टनका रत्नजीत तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सका सोमबहादुर कुमाल परेका छन् ।

महिलातर्फ फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु, आर्चरीकी ज्ञानु अवाले, एथ्लेटिक्सकी सरस्वती भट्टरार्इ र बाडि्मन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् । कान्छिमाया कोजु पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत छिन् ।

उत्कृष्टको मनोनयनमा परेका रत्नजीत र नङशल दिदी भाइ हुन् ।

वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, भलिबलकी प्रतिभा माली, भारत्तोलनकी प्रतिभा माली, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटका दीपेन्द्रसिंह एेरी परेका छन् । एेरी पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा छन् ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा छन् ।

वर्षको उत्कृष्ट पुरूष, महिला र प्रशिक्षकले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ठ युवा खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् ।

१४अाैं संस्करणको पल्सर स्पोर्टस अवार्ड अागामी भदाै २६ गते प्रज्ञा प्रतिष्ठानमा अायोजना हुनेछ ।

वर्षका उत्कृष्ट पुरूष खेलाडी, महिला खेलाडी, युवा खेलाडी र प्रशिक्षक तथा पिपुल्स च्वाइस अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड गरी अाठ बिधामा अवार्ड बितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment