Comments Add Comment

धारिलो हतियार प्रहारबाट युवक घाइते

१८ भदौ, ताप्लेजुङ । धारिलो हतियार प्रहारबाट फुङलिङमा एक युवक गम्भीर घाइते भएका छन् ।

मिक्वाखोला गाउँपालिका वडा नं २ घर भई हाल फुङलिङ नगरपालिकामा वसोवास गर्दै आएका सुरेन लिम्बू लगायतका ३/४ जनाको समूहले भैया लिम्बूमाथि आक्रमण गरेको हो ।

मिक्वाखोलाका १७ वर्षीय भैया लिम्बु फुङलिङमै बस्दै आएका थिए । सुरेन समूहले धारिलो हतियार प्रहार गर्दा उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

टाउकोमा गहिरो चोट लागेका उनको ताप्लेजुङमा उपचार हुन नसकेपछि विर्तामोड रेफर गरिएको छ ।

घटनामा संलग्न सुरेन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment