+
+

महानगरलाई ९ करोड कर नतिर्ने अन्सारी मेयर उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १९ गते ७:१५

१९ भदौ, काठमाडौं । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारी मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रवन्ध निर्देशक पद छाडिसकेको बताएका छन् ।

कलेज सञ्चालक बोर्डका सदस्य समेत रहेका अन्सारी मेयरको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकाले कर नतिरेको विषयलाई लिएर स्थानीयबासिन्दाले टिप्पणी गर्न थालेको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?