Comments Add Comment

१ हजार ६९ रोबोट सेनालाई नचाएर विश्व किर्तिमान

चीनको एक रोबोटिक्स कम्पनीले गिनिज बुकमा नाम लेखाएको छ । उक्त कम्पनीले रोबोटको सैन्य टुकडी निर्माण गरेको हो ।

पिपुल्स डेली चाइनका अनुसार डब्लु एल इन्टेलिजेन्स टेक्नोलोजी नामक कम्पनीले १ हजार ६९ वटा रोबोट सेना बनाएको छ ।

यी रोबोट सेना एकसाथ नाच्दछन्, मार्चपास गर्दछन् । साथै चिनियाँ मार्सल आर्टस् ताइ ची पनि गर्दछन् । कम्पनीका अनुसार मानव सेनाले गर्ने हरेक काम यी रोबोट सेनाले गर्न सक्दछन् ।

कम्पनीको तर्फबाट आयोजना गरिएको एक समारोहमा यी रोबोटहरुले एकसाथ नाच देखाए र कीर्तिमान कायम गरे । नाच्ने क्रममा बिचमा ढल्ने रोबोटलाई असक्षम घोषित गरी बाहिर निकालिएको थियो ।

स्मरण रहोस् गत वर्ष चीनको एवर विनले एकसाथ १ हजार ७ वटा रोबोटलार्य नचाएर विश्व किर्तिमान कायम गरेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment