Comments Add Comment

विद्युत प्राधिकरणले ल्यायो बत्ति जाने सूचना दिने एप

गुनासो छ ? ११५१ मा नि:शुल्क फोन गर्नुहोस्

१९ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राविधिक कारणबस बत्ति जाने समयमा जनतालाई जानकारी गराउनको लागि एप ल्याएको छ ।

यो एप अहिलेलाई विद्युत प्राधिकरणको आधिकारीक वेबसाइटमा मात्रै उपलब्ध छ । यस्तो एप प्राधिकरणको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ ।

ट्रान्सफर्मर पड्कदा र विद्युतका पोलहरु ढल्दा अहिले विभिन्न समयमा विद्युत जाने गरेको छ । वास्तविक कुरा थाहा नपाउँदा उपभोक्ताले भने यसलाई लोडसेडिङ मान्दै आएका छन् ।

अहिले देशभर लोडसेडिङ नभएको र कुनै-कुनै स्थानमा प्राविधिक कठिनाईका कारण लाइन जाने गरेको बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

तर, अब यसरी कुनै पनि ठाउँमा लाइन जादा त्यहाँका उपभोक्तालाई एपमार्फत जानकारी दिइने छ । नेपाल अफिसियल नाम गरेको उक्त एपलाई विद्युत प्राधिकरणको वेबसाइट nea.org.np मा गएर डाउनलोड गनुपर्ने घिसिङ बताउँछन् । यस्तो एप डाउनलोड गरेपछि सेटिङमा गएर आफू बस्ने स्थान छान्नु पर्नेछ ।

यसरी आफ्नो स्थान छानेपछि एपले उक्त स्थानमा कुनै कारणले बिद्युत आपूर्ति भएमा सन्देश पठाउने छ । विद्युत प्राधिकरणका साखा कार्यालयले यस्तो बिद्युत आपूर्तिमा बाधा आउने भएपछि भारप्रेसरण केन्द्र (एलडीसी) मा सन्देश पठाउनु पर्नेछ । त्यस्तो सन्देशलाई एलडीसीले एपमार्फत जनतासम्म पुर्‍याउनेछ ।

साथै उर्जा मन्त्रालयले पनि उर्जा सम्बन्धी गुनासाहरु सुन्न टोल फ्री हटलाइन नम्बर ११५१ सञ्चालन गरेको छ । यस्तो हटलाइनबाट गुनासाहरु संकलन गरी तत्काल समाधान गर्ने योजना रहेको उर्जामन्त्री महेन्द्रबहादुर शाही बताउँछन् ।

उनले भने, ‘२४ अै घन्टा गुनासा सुन्नको लागि हामीले ११५१ टोल फ्री हटलाइन नम्बर सञ्चालनमा ल्याएका छौं, जसका लागि ८ जना कर्मचारी राखिएको छ भने उनीहरु दुई सिफ्टमा रहनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment