+
+

आर्थिक समाचारः निःशुल्क भिसा र टिकट भन्दै लाख भन्दा बढी असुली

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते ६:००


२० भदौ, काठमाडौं । सरोकारवाला निकायलाई निःशुल्क भिसा र टिकट अनुसार नै कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिब्यक्ति एक लाख रुपैयाँभन्दा बढी गरिरहेको पाइएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाख रुपैयाभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।

नागरिक दैनिकले निःशुल्क भिसा र टिकट भन्दै लाखभन्दा बढी असुल्दै सरकारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै दसैंका नयाँ नोट २८ गतेदेखि साटिँदै भन्ने खबर नागरिकमा छापिएको छ । उर्जाका गुनासा सुन्न ११५१ टोल फ्री नम्बरलाई पनि नागरिकले लेखेको छ ।

अत्याधिक नाफा लिने आठ ब्राण्डेस स्टोरमा सिल सन्दर्भमा २६ सयको सामान २६ हजारमा बिक्री गरेको सन्दर्भलाई अन्नपूर्णले मुख्य समाचार बनाएको छ । भन्सार प्रज्ञापनपत्रमा प्रहरीको दरपिठलाई पनि अन्नपूर्णले लेखेको छ । ब्यापारीले तोक्छन् किसानले बेच्ने तरकारीको भाउलाई पनि अन्नपूर्णले लेखेको छ ।

वित्तिय संस्थाको पूँजीवृद्धिका सन्दर्भमा समस्याग्रस्त फुकुवालाई २ वर्षको म्यादलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ ।

नेपालको इम्बोस्ड नम्बर शुल्क बिहारभन्दा १२ गुणा महँगोलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । ८३ मेगावाट बराबरका १९ आयोजनाको पिपिए खारेज भन्ने खबर नयाँ पत्रिकामा छापिएको छ । त्यस्तै युटिएदद्धारा लाइसेन्सको सर्त उलंघनलाई पनि नयाँ पत्रिकाले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?