+
+

पूर्वी रुकुममा बाँदर आतंक

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २० गते १०:४१

२० भदौ, रुकुम । पूर्वी रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् ।

जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पुर्‍याइरहेको किसानहरुले बताएका छन् ।

पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको वीउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताए ।

विगतका वर्षहरुको तुलनामा यो वर्ष बाँदर र दुम्सीले मकैमा बढी क्षति गरेको उनको भनाइ छ ।

मानिस र कुकुर हेरालो बसे पनि बाँदरले छक्याएर मकै खाने गरहेको तथा दुम्सीले रातको समयमा मकै खाने गरेको त्यसक्षेत्रका किसानहरुको गुनासो छ ।

मानिस र कुकुर हेरालो बस्दा तथा विभिन्न बुख्याचा बनाउँदा पनि जंगली जनावरले सताउन नछाडेको बुढाले बताए ।

पाक्दै गरेको मकै बाली बाँदर र दुम्सीले नष्ट गर्न थालेपछि खाद्यान्न संकट पर्ने चिन्तामा किसानहरु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?