Comments Add Comment

कोकाकोलाको ‘मन खोलौं कोकसँग’ अभियान सुरु


२० भदौ, काठमाडौं । कोका-कोला नेपालले यो वर्षको दशैं र तिहारको खुशीयाली साथमा मनाउन ”मन खोलौं कोकसँग” अभियान ल्याएको छ ।

यो अभियान आजदेखि शुरु भएर असोज ३० गतेसम्म संचालन हुनेछ । आज कोका-कोलाले दैनिक जीवनमा विभिन्न ८ फरक सम्बन्ध दर्शाउने लोगोहरुका साथमा नयाँ प्याक ल्याएको छ, जसमा विभिन्न फरक सम्बन्धहरु दर्शाउने संदेशहरु लेखिएका छन् ।

यी लेबलहरु नेपालीमा लेखिएका छन, जसले यो उत्सवमय मौसममा हाम्रा सम्बन्धहरु र परिवारहरुलाई नजिक ल्याउँदै सम्मान गर्दछ । यी प्याकहरुले उपभोक्ताहरुलाई आफ्ना मनपर्नेहरुलाई उपहार दिने अवसर सिर्जना गरेको छ जसमा सिर्जनात्मक संदेशहरु राखिएको छ र विशेष भावनालाई कोकका साथमा बाँड्न सकिन्छ ।

अभियानको नामले भने जस्तै, यो उत्सवमय मौसममा कोका-कोलाले सबै परिवारका सदस्यहरुलाई कोका-कोलाका साथमा आफ्ना भावनाहरु एकआपसमा दर्शाउन र नजिकपना ल्याउन उत्साहित गर्दछ ।

कोका-कोला नेपालका देशीय निर्देशक अम्बुज सिँहल भनेे,”दशैं, आशिर्वाद दिने र सँगसँगै मनाउने उत्सव हो, कोकाकोलाले उपभोक्ताका साथीहरु र परिवारहरुलाई जोड्न सहयोग गर्दछ । हामी यो वर्ष, तपाईँको परिवारमा भएका निकै आत्मिय सम्बन्धहरुलाई परिवारसहित ८ यूनिक लेबलका साथमा खुशीयाली बाँड्दै छौं । यसले हामी प्रत्येकको जिवनलाई प्रभावित गर्ने विशेष सम्बन्धहरुलाई सम्मान गर्न सहयोग गर्दछ । हामी आशा गर्दछौं, हाम्रा उपभोक्ताहरुले आफ्ना मनपर्ने व्यक्तिहरुलाई विशेष संदेश भएको कोका-कोला उपहारको रुपमा प्रदान गर्नेछन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment