+
+

कात्तिकसम्म टेलिफोनमा सुधार नभए टेलिकमलाई कार्वाही गरिने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १४:३७

२१ भदौ, काठमाडौं । सरकारले आगामी कात्तिक मसान्तभित्र टेलिफोन सेवा सुधार नभए नेपाल टेलिकम प्रशासनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरुबाटै भए,नभएको अनुगमन गरी कार्वाही गर्न लागिएको स्पष्ट पारेका हुन् ।

मन्त्री बस्नेतले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने काम हुने गरेको पाइए जो कोहीलाई पनि कार्वाही गर्न बाध्य हुने भन्दै सचेत गराएका छन् ।

बुधबार नेपाल टेलिकमका प्राविधिकहरुको काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले टेलिकमको ठेक्का पट्टाको काम लिने तर नगर्ने कम्पनीहरुको सम्झौता रद्द गर्ने चेतावनी पनि दिए ।

मन्त्री बस्नेतले कर्मचारीहरुले एक ढिक्का भएर निश्वार्थ भावका साथ काम गरे टेलिकम मुलुककै समृद्ध संस्था हुने र त्यसले मुलुकलाई आर्थिक रुपमा सबल बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

उनले केही कर्मचारी टेलिकम डुबाउने खेलमा लागि परेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?