Comments Add Comment

देउवाले भने– प्रधानमन्त्री हुन पाएकोमा गर्व छ

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वीपी कोइरालाको अनुयायीको रुपमा प्रधानमन्त्री हुन पाएकोमा आफूलाई गर्व लागेको बताएका छन् । प्रधानमन्त्री देउवाले वीपी जस्तो सफल व्यक्तित्व मुलुकले अझै पाउन नसकेको पनि बताए ।

विपी कोइरालाको १ सय ३ औं जन्मजयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विपीको राजनीतिक साहित्यले मुलुकलाई अघि बढाउन सहयोग पुग्दै आएको उल्लेख गरे । त्यसअवसरमा प्रधानमन्त्री देउवाले वीपीबारे अझै खोज, अनुसन्धान गर्न सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले विपी कोइरालाको बारेमा जतिबोले पनि कम हुने पनि बताए ।

कार्यक्रममा प्राध्यापक डा. अभि सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको थियो । १ लाख १ हजार नगदसहित प्राध्यापक डाक्टर सुवेदीलाई विपी साहित्यिक सम्मान प्रदान गरिएको हो ।

सुवेदी जस्तो विद्वानलाई विपी साहित्यिक सम्मान प्रदान गरेकोमा आफूलाई खुसी लागेको पनि प्रधानमन्त्री देउवाले बताए । त्यस अवसरमा सम्मानित व्यक्तित्व सुवेदीले राजनीतिमा सृजना हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले विपी कोइराला सृजनशील राजनेता भएकाले मुलुकले सधैं सम्झने गरेको पनि स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment