+
+

भृकुटीमण्डपमा बिहीबारबाट ‘यामाहा महामेला’

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १७:४५

२१ भदौ, काठमाडौं । नेपालमा सबैभन्दा बढी रुचाइएको मोटरसाइकल ब्रान्डमध्ये एक यामाहाले बिहीबारबाट चारदिने ‘यामाहा महामेला’को आयोजना गर्ने भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजको आयोजनामा हुन लागेको यो ग्राहक-केन्द्रित कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा २२ भाद्र २२ गतेसम्म संचालन हुनेछ ।

‘यामाहा महामेला’मा पुराना बाइकको बेस्ट भ्यालुएसन र एक्सचेन्ज, नयाँ बाइकको स्पट फाइनान्सिङ, निशुल्क सर्भिसिङ र स्पेयर्स पार्टस् तथा इन्जिन ओइलमा विशेष छुट लगायत अन्य मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।

पुराना दुईपांग्रेको सर्वोत्कृष्ट मूल्यांकन

‘यामाहा महामेला’मा ग्राहकहरुले आफ्नो पुराना बाइक र स्कुटरको सर्वोत्कृष्ट मूल्यांकन पाउनेछन् । यसका लागि नेपालकै प्रतिष्ठित २० वटा रिकन्डिसन हाउसको सहभागिता मेलामा हुनेछ । साथै, पुराना दुईपांग्रेसँग नयाँ साट्न चाहनेहरुका लागि २० प्रतिशत डाउन पेमेन्टमै स्पट फाइनान्सिङको व्यवस्था यामाहाले गरेको छ ।

मेलाका सहभागीले जुनसुकै ब्रान्डको मोटरसाइकल वा स्कुटर भएपनि १० प्वाइन्ट फ्री चेकअपको सुविधा पाउनेछन् भने यामाहाका स्पेयर्स पार्टस् र यामाल्युबमा १० प्रतिशत छुट पाउनेछन् ।

हरेक ग्राहकलाई ब्रान्डेड हेलमेट र किट

मेलामा यामाहा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले दसैं योजनाको सात हजार नगद छुट पाउनुका साथै एउटा ब्रान्डेड हेलमेट र विशेष किट प्राप्त गर्नेछन् ।

यामाहा दसैं योजनाअन्तर्गत ग्राहकले सात हजार नगद छुट, साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँ र बम्पर पुरस्कारमा स्कोडा र्‍यापिड जित्ने अवसर पाउनेछन् ।

मनोरञ्जन र अन्य धेरै

मेलामा प्रसिद्ध बाइकर्सहरुको स्टन्ट सो, सेलिबि्रटी वाक-इन, बी-बोइङ, डान्स, पि|m लाइसेन्स ट्रायल, ट्स्ट राइड, ड्रइङ कम्पिटिसन र फुड स्टल पनि हुनेछन् ।

परिवारसहित महामेलामा सहभागी हुनेलाई आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । साथै, यामाहा बाइक वा स्कुटरको टेस्ट राइड गर्नेले ब्रान्ड न्यु म्याकबुक जित्ने अवसर पाउनेछन् । महामेला भाद्र २२ गतेदेखि २५ गतेसम्म विहान १० बजेदेखि बेलुका ६ बजेसम्म चल्नेछ ।

सबैका लागि उपयुक्त दुईपांग्रे

यामाहाले सबै उमेर र क्षेत्रका राइडरहरुका लागि उपयुक्त हुने बाइक र स्कुटरको रेन्ज नेपाली बजारमा विक्री गर्दै आएको छ । स्कुटरमा फेसिनो, रे जेडआर र रेजी उपलब्ध छन् भने स्टाइल सेग्मेन्टमा सलुटो र एसजी आरआर छन् ।

त्यसैगरी, प्रिमियम सेग्मेन्टमा एफजी एफआई र एफजी-एस एफआईलाई निकै रुचाइएको छ र रेसिङ सेग्मेन्टमा निकै लोकपि्रय आर१५ र आर३ छन् ।

एमएडब्लुले केही साताअघि मात्र २५० सीसीको रहेको ‘ग्याप’लाई पुर्ति गर्दै एफजी२५ स्टि्रटफाइटर नेपाली बजारमा ल्याएको थियो । एफजी२५को उच्च मागले नेपाली युवा राइडर यसको पावर र पर्फमेन्सबाट प्रभावित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?