Comments Add Comment

सोलुखुम्बुका डिएसपीले भने– संवेदनशील घटनामा मिलापत्र भन्ने कुरा हुन्न

२२ भदौ, सोलुखुम्बु। सोलखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले बलात्कार र महिला बालबालिकासँग सम्बन्धित हिंसाका घटनामा मिलापत्र स्वीकार्य नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा आयोजित परिचयात्मक कार्यक्रममा उनले कुनै पनि प्रहरी चौकीले यस्ता घटनामा मिलापत्र गरे कारबाही हुने बताए ।

भर्खरै सरुवा भएर सोलखुम्बु आएका पराजुलीले भने– संवेदनशील घटनामा मिलापत्र भन्ने कुरा हुन्न ।’ उनले आफू राजनीतिक दबाबमा नपर्ने भन्दै सहयोग गर्न स्थानीयलाई आग्रह गरे ।

अर्को एक प्रसंगमा पराजुलीले आफू सोलुखुम्बुमा आफ्नो क्षमता देखाएर काम गर्न आएको दाबी गरे ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले शान्ति सुरक्षा कायम गर्न जनस्तरवाट सहयोग गर्ने भन्दै प्रहरी मेरो साथी नारा नारामा सीमित हुन नहुनेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरुले जिल्लामा राजनीतिक दबाबमा कतिपय घटनाहरु साम्य पार्ने गरेको भन्दै राजनीतिक दबाबवाट मुक्त हुन प्रहरी प्रमुखलाई सुझाब दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रतिनिधी, पत्रकारहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment