+
+

बिमलेन्द्र निधीलाई माधव नेपालको प्रश्न-उत्तर कोरिया हाम्रो दुश्मन हो ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते १६:१३

२२ भदौ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुृमार नेपालले आफूले उत्तर कोरिया भ्रमण गर्दा कांग्रेसले आपत्ति जनाएकोमा आश्चर्य प्रकट गरेका छन् ।

अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले सरकारलाई जानकारी दिएरै आफू उत्तर कोरिया गएको बताए ।

आफ्नो भ्रमणपति कांग्रेसका तत्कालिन कार्यवाहक सभापति बिमलेन्द्र निधीले आपत्ति जनाएको भन्दै नेपालले निधीलाई कुटनीति सिक्न सुझाव दिए । मन्त्री भइसकेको मान्छेले नबुझी प्रतिक्रिया दिनु राम्रो नहुने उनले बताए ।

नेपालले भने- ‘उत्तर कोरियासँग नेपालको कुनै दुश्मनी छैन । उत्तर कोरियाको दूतावास हाम्रो देशमा छ । म सरकारलाई जानकारी दिएरै गएको हो, परराष्ट्र मन्त्रालयले केहि भनेको छैन । के उत्तर कोरिया नेपालको दूश्मन राष्ट्र हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?