+
+

प्रदेश २ मा ३६ हजार बढी उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २२ गते १९:४७
वीरगञ्जमा उम्मेदवारी दर्ता गराउन लाइन लागेकाहरु ।

२२ भदौ, काठमाडौं । प्रदेश २ अन्तर्गत ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा ३६ हजार बढीको उम्मेदवारी परेको छ ।

कुल पदको यो झण्डै छ गुणा हो । यसले चुनावलाई लिएर प्रदेश २ का मतदाताको उत्साहलाई संकेत गर्छ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा एक पदका लागि औसतमा ४ जनाको उम्मेदवारी परेको थियो । तर, यसपटक एक पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । उनले भने, ‘निर्वाचनका लागि यो एकदमै उत्साहजनक हो ।’

निर्वाचन आयोगका अनुसार ६ हजार ६२७ पदका लागि ३६ हजार ७३ जनाले मनोनयन दर्ता गरेका हुन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार यो प्रशोधन हुन बाँकी तथ्यांक हो र उसमा केही थप हुनसक्छ ।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार स्थानीय तह प्रमुखमा एक हजार ७८३, उपप्रमुखमा १ हजार १३० र वडाध्यक्षमा आठ हजार १८ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, खुला सदस्यमा १३ हजार ७७, महिला सदस्यमा ६ हजार ३६० र दलित सदस्यमा पाँच हजार ७०५ जनाले उम्मेदवारी दिएको छन् ।

आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?