Comments Add Comment

स्वास्थ्यमन्त्री पोखरेलको सम्पती- आठ लाख नगद र जनता !


२३ भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार उनको नाममा कुनै अचल सम्पत्ती छैन । उनले सम्पती भनेकै आम सर्बसाधारण जनता भएको बताएका छन् ।

मन्त्री पोखरेलले शुक्रबार आफ्नो सम्पती विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । उनको सम्पती विवरणको दर्ता नम्बर ३१५७ हो ।

सम्पती विवरणअनुसार उनीसँग एभरेष्ट बैंक लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुईसय ६७ रुपैयाँ ७१ पैसा र नेपाल बंगलादेश बैंक कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैयाँ ८० पैसा नगद मौजदात छ । उक्त रकमको प्राप्तीको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो भनेर उनले उल्लेख गरेका छन् ।

मन्त्री पोखरेलको बुवाको नाममा खोटाङको लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा छ । जुन सम्पती पैत्रिक हो । उक्त जग्गामध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ ।

यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँच हजार रुपैयाँ शेयर रहेको सम्पती विवरणमा उल्लेख गरेका छन् । त्यस्तै, मन्त्री पोखरेलसित दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर, पि्रन्टर, डेस्कटप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु छन् । उक्त सामाग्री संविधानसभाको सदस्य रहँदा र मन्त्री हुँदा प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment