Comments Add Comment

दिल्लीस्थित स्पेनिस दूतावासले भन्यो- नेपालको मेडिकल रिपोर्ट मान्छौं

बार्सिलोना । भारतको नयाँदिल्लीस्थित स्पेनिस दूतावासले नेपालको मेडिकल रिपोर्टलाई मान्यता दिने बताएको छ । स्पेनमा रहेका नेपालीहरुले मेडिकल रिपोर्ट दूतावासले नमान्ने भन्दै गुनासो पोखेपछि अनलाइनखबरले यसबारे समाचार प्रकाशित गरेको थियो ।

स्पेनमा रहेका नेपालीहरुलाई परिवार पुनर्मिलनको प्रक्रिया दिनप्रतिदिन जटिल बन्दै गएको तथा मेडिकल रिपोर्ट समेत दिल्लीमा नै बनाउनु पर्ने बाध्यता रहेको भन्दै स्पेनवासी नेपालीहरुले गरेको गुनासोलाई समेटेर समाचार प्रकाशित भएको थियो ।

(यो पनि पढ्नुहोस्: नेपालको मेडिकल रिपोर्ट मान्दैन दिल्लीस्थित स्पेनीस दूतावास)

नेपालका अस्पतालबाट बनाइएको रिपोर्ट दिल्ली दूतावासमा मान्यता नदिनुबारे राखेको जिज्ञासामा दूतावासले प्रतिउत्तर दिएको एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा बताउँछन् ।

अध्यक्ष सापकोटालाई दूतावासले ईमेलको प्रतिउत्तर दिँदै लेखेको छ, ‘तपाईंको प्रश्नको उत्तरमा, हामी तपाईंलाई सूचित गर्दछौं कि चिकित्सा प्रमाणपत्र नेपालबाट एक चिकित्सक डाक्टरले जारी गर्न सकिन्छ । सबै सार्वजनिक कागजातहरू नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित स्पेनिस कन्सुलरबाट वैधानिक हुन जरुरी छ । यी कागजातहरू सोन ट्रासलेटर मार्फत स्पेनीमा अनुवाद गरिनेछ ।’

संघका अध्यक्ष सापकोटाले नेपालको मेडिकल रिपोर्ट, परिवार पुनर्मिलनको समस्याबारे एनआरएन कार्यालयमा आउने जानकारी, पछिल्लो नियम परिवर्तन, अनुगमनका लागि हुने ढिलाईबारे जिज्ञासा राख्दै दूतावासलाई ईमेल गरेका थिए ।

इमेलको उत्तर यस्तो छ 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment