+
+

गाउँपालिका प्रमुखमा बाबु-छोराकै उम्मेदवारी

 एसके शान एसके शान
२०७४ भदौ २३ गते १९:२१

२३ भदौ, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा बाबु र छोरा प्रतिस्पर्धी बनेका छन् । बुबा सुर्यनारायण मण्डल ‘कुरुड’ र उनकै छोरा तेजनारायण मण्डलले छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिएका हुन् ।

बुवा सुर्यनारायणले नयाँ शक्तिबाट र छोरा तेजनारायणले स्वतन्त्रबाट गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दिने दुबैबिरुद्व निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । उनीहरुविरुद्ध राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएकी बिमलादेवी यादवले उजुरी दिएकी थिइन् ।

सुर्यनारायणबिरुद्ध २०५५ सालको फौजदारी नम्वर ५१, हातहतियार खरखजाना मुद्दामा ६ महिना कैद र पाँच हजार पाँच सय जरिवाना भएको दावी उजुरीकर्ताको छ । यसैगरी तेजनारायणले साविकको छिन्नमस्ता गाविस कार्यालयबाट सात वर्षअघि लिएको पेश्की साढे २ लाख रुपैयाँ अहिलेसम्म फिर्ता नगरेको दावी गरिएको छ । आ.व. ०६७/६८ को लेखापरीक्षणबाट तेजनारायणले लिएको पेश्की २ लाख ५० हजार बेरुजु नै रहेको बिमला देवीले दावी गरेकी छिन् ।

यद्यपी प्रमाण नपाएपछि छिन्नमस्ता गाउँपालिकाको निर्वाचन अधिकृतले बाबु-छोरा दुबैलाई सफाई दिएका छन् । अब बुवा सुर्यनारायण र छोरा तेजनारायण दुबै छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदका लागि भिड्ने भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका प्रमुखमा १६ जना मेयर र ९ जना उप-मेयरमा चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार उम्मेदवारी फिर्ता लिने समय तोकिए पनि कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?