+
+

पत्ता लाग्यो मान्छेको अधिकतम आयु

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २४ गते १३:१६

तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै बाँच्ला, कोही छिटै मर्ला कुरा यत्तिमात्र हो ।

आखिर मान्छे सबैभन्दा धेरै कति उमेरसम्म बाँच्नसक्ला ? अर्थात् मानिसको अधिकतम आयु कति हो ? अहिलेसम्म रहस्यको गर्भमै रहेको यो तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् ।
उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हेा भने पुरुषको अधिकतम आयु ११४.१ वर्ष हो ।

टिलबर्ग र इरास्मस विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निस्केको हेा ।

वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेका थिए जसको पछिल्लो ३० वर्षमा नेदरल्याण्डमा मृत्यु भएको थियो ।

शोधकर्ता प्राध्यापक जोन इन्मलले पछिल्लो ३० वर्षमा उल्लेखित आयुभन्दा धेरै कोहीपनि मानिस बाँचेको नपाइएको बताए ।

वैज्ञानिकहरुका अनुसार विश्वमा मानिसको औषत आयुमा वृद्धि भएको भएपनि मानिसको वास्तविक अधिकतम आयु भने बढेको छैन ।

वैज्ञानिकहरुका अनुसार चाहे जतिसुकै स्वस्थ जिवनशैली किन नअपनाउनुस् औषत आयू १ सय १५ वर्षभन्दा बढ्नेवाला छैन ।

तर विश्वमा अहिलेसम्म एकजना व्यक्ति १ सय २२ वर्षसम्म बाँचेको पाइएको छ । सन् १९९७ मा मृत्युभएकी जेनी लुइस काल्मेन्ट १ सय २२ वर्ष १६४ दिनसम्म बाँचेकी थिइन् । उनले हप्तादिनमा एक किलो चकलेट खान्थिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?