Comments Add Comment

श्रमिक सरोकारमा महावाणिज्य दूतावास जेद्धाको चासो

१० सेप्टेम्बर, साउदी अरब । साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले झेल्नुपरेका समस्या समाधान गर्न नेपाली महावाणिज्य दूतावासले सक्रियता बढाएको छ । उसले त्यस क्षेत्रमा स्थापित नेपाली संघ–संस्थासँगको सहकार्यमा सक्रियता बढाएको हो ।

रोजगारका लागि साउदी आएका नेपालीहरुको समस्या समाधान गर्न महावाणिज्य दूतावासले अंग्रजी महिनाको हरेक दोस्रो शुक्रबार नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा दूतावास परिसरमै श्रमिक सरोकारका विषयमा छलफल थालेको छ ।

जेद्धावाट झण्डै ४ सय किलोमिटर टाढा रहेको औद्योगिक शहर यान्बुमा कार्यरत नेपाली श्रमिकको सहभागितामा ‘श्रमिक–दूतावास छलफल’ कार्यक्रम महावाणिज्य दूतावासले गरेको छ ।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेल, वाणिज्यदूत मनहरी दंगाल, नेपाली सेवा समिति यान्बु, एनआएनए राष्ट्रिय तथा क्षेत्रीय समिति, नेपाली यूवा क्लव, प्रवासी नेपाली मञ्च, समन्वय समितिका प्रतिनिधिहरूको सहभागिता थियो ।

सोही क्रममा महावाणिज्यदूत सहितको टोलीले सदात अल अमिद कम्पनीमा लामो समयदेखि पारिश्रमिक नपाएर समस्यामा परेका १७ नेपाली कामदार बसेकै स्थानमा गएर स्थलतगत अवलोकन गरेको थियो ।

कम्पनीले तलब नदिएपछि त्यहाँ कार्यरत नेपालीहरु काम छोडेर न्यायका लागि स्थानीय अदालत पुगेका छन् । उनीहरुलाई आगामी सेप्टेम्वर २७ मा अदालतमा हाजिर हुन अदालतले आदेश दिएको छ।

सम्भव भएसम्म अदालवाट निर्णय आउनु अगावै पनि महावाणीज्य दूतावासले समस्या समाधानका निमित्त सबै विकल्पहरूमा पहल गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपालको नाइल ओभर्सिज र इमास्को म्यानपावर कम्पनीबट आएका १४ नेपाली कामदारहरूलाई विगत केही दिनदेखि खानाको पैसा मेनपावरले नै उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment