+
+

क्रिसमसमा सेक्स रोक्न सुँडेनीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते २०:४१

एकजना सुँडेनीले क्रिसमसमा अत्यधिक यौनक्रिडा नगर्न जोडीहरुलाई आग्रह गरेकी छिन् । हरेक वर्ष क्रिसमसमा अत्यधिक यौन सम्पर्क हुनाले सेप्टेम्बरमा धेरै बच्चा जन्मिने गरेको भन्दैै उनले यस्तो अपिल गरेकी हुन् ।

बेलायतको लण्डनमा बस्ने ३३ वर्षकी मइरी माहारीले आफ्नो टि्वटरमा एक टि्वटमार्फत यस्तो अपिल गरिन् । उनको त्यो टि्वट भाइरल बनेको छ १६ हजार लाइक र सयौँ कमेन्ट्स प्राप्त भएका छन् ।

यो सेप्टेम्बर महिनाको पहिलो हप्ता निकै नै व्यस्त हुनुपरेपछि उनको यस्तो टि्वट आयो । सेप्टेम्बर ५ का दिन अत्यधिक बच्चा जन्मिए । अझ २६ सेप्टेम्बरमा निकै धेरै बच्चा जन्मिने उनको भविष्यवाणी छ किनकी क्रिसमस अर्थात् २६ जनवरीका दिन धेरै नै यौनकार्य भएका उनको विश्लेषण छ । वास्तवमा क्रिसमसको महिनाभरि नै धेरै यौनकार्य हुने गरेको अस्पतालमा सेप्टेम्बर महिनामा जन्मिने बच्चाहरुको संख्याले देखाएप्छि उनले यस्तो अपिल गरिन् । उनले लेखेकी छिन्ः यदि तपाइँले सुँडेनीलाई चिन्नुहुन्छ र माया गर्नुहुन्छ भने कृपया क्रिसमसमा सेक्स गर्न बन्द गर्नुहोस् ।

बेलायतको सरकारी तथ्यांकले समेत २६ सेप्टेम्बरमा एकैदिनमा औषतमा २ हजार बच्चा जन्मिने गरेको देखाएको छ जबकी अन्य दिनमा औषतमा १८ सय बच्चा जन्मिन्छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?