+
+

गृहमन्त्रीले आचारसंहिता उल्लंघन गरेको बारा एमालेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २५ गते १५:४५

२५ भदौ, बारा । नेकपा एमाले बारा जिल्ला कमिटीले गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिता विपरित गतिबिधि गरेको भन्दै आपत्ति जनाएको छ ।

गृहमन्त्री शर्माले सरकारी साधन स्रोत दुरुपयोग गर्दै माओवादी उम्मेदवारको घरदैलो कार्यकक्रममा सहभागी भएको एमालेको आरोप छ ।

गृहमन्त्री शर्मा आइतबार चुनावी अभियानका क्रममा जितपुर सिमहरा उपमहानगरपालिका बिभिन्न वडामा सहभागी छन् । उनले वडा नम्बर १८ को उचिडीमा आयोजित माओवादीको चुनावी सभालाई समेत सम्बोधन गरेका छन् ।

एमाले जिल्ला प्रचार विभाग प्रमुख मनोज पौडेलले विज्ञप्ति जारी गरी एउटा उमेदवारको पक्षमा राज्य शक्तिको दुरुपयोग गर्दै गृहमन्त्रीले आचारसंहिता उल्लंघन गरेको आरोप लगाए ।

माओवादीका उम्मेदवार राजन पौडेलले भने गृहमन्त्री शर्मा माओवादी नेताको हैसियतमा आफ्नो चुनावी अभियानमा सहभागी भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?