+
+

मण्डला थिएटरमा ‘लाटीको छोरा’ (फोटो फिचर)

श्रीधर पाैडेल श्रीधर पाैडेल
२०७४ भदौ २७ गते १:३०

२६ भदौ, काठमाडौं । सुलक्षण भारतीयको लेखन तथा निर्देशन रहेको नाटक ‘लाटीको छोरा’ हाल मण्डला थिएटरमा मञ्चन भइरहेको छ । तराईको परिवेश बोकेको सो नाटकमार्फत पुराना अभिनेता टीका पहाडी ३६ वर्षपछि रंगमञ्चमा फर्केका छन् ।

यस नाटकमा प्रमुख भूमिका निर्वाह गरेकी छन् केनिपा सिंहले । उनी श्रवण शक्ति नभएकी महिलाको भूमिकामा छिन् । नाटकमा पशुपति राई, सन्दिप लामिछाने, प्रकाश दाहाल, कुन्दन चौधरी, रियर राई, रोशन सुवेदीलगायतको अभिनय छ ।

अभिनेता पहाडी नेपाली चलचित्रमा कहलिएका नाम हुन् । यद्यपि उनको रंगमञ्चतर्फको यात्रा भने कमैलाई थाहा छ । पछिल्लो समय उनले ०३३ सालमा नाटकमा अभिनय गरेका थिए । तर, त्यसपश्चात ठूलो पर्दाको फिल्ममा जमेपछि उनले नाटकलाई बिर्सेका थिए । ३६ वर्षपछि उनलाई रंगमञ्चमा पाएर दर्शकहरु निकै खुशी भएका छन् ।

पहाडीको अभिनय पनि निकै दमदार छ । थुप्रै दर्शकहरु पहाडीको नाम सुनेर नाटक हेर्न तानिएका छन् । यो नाटक असोज ८ सम्म प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?