Comments Add Comment

युनाइटेड फाइनान्समा भारतीय मुथुड फाइनान्सले लगानी गर्ने


२७ भदौ, काठमाडौं । युनाइटेड फाइनान्स कम्पनीमा भारतीय वित्त कम्पनी मुथुड फाइनान्स ले २१ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

युनाइटेडको भदौ २६ गते बसेको सञ्चालक समितिले यस्तो प्रस्ताव गरेको हो । प्रतिसेयर १ सय रुपैयाँ मूल्य नघट्ने गरि रणनीतिक साझेदारको रुपमा मुथुड फाइनान्सलाई भित्र्याउन लागेको हो ।

२०७४ मा प्रस्तावित बोनस सेयर समेत कायम रहेको चुक्ता पुँजीको आधारमा कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान अनुसार मुथुडले कम्पनीमा लगानी गर्न लागेको हो । बैदेशीक रणनीतिक साझेदारले कम्तिमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको छ ।

कम्पनीले एमओयु सम्झौता गरिसकेको छ । रणनीतिक साझेदार भित्र्याउने प्रस्ताव दुवै कम्पनीका नियामक निकायबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । नेपालमा मुथुड फाइनान्सले प्रभु रेमिटसँगको सहकार्यमा भारतबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment