Comments Add Comment

दरबारमार्गको क्लबमा रीमाको मुस्कान(७ तस्बिर)


चलचित्र र म्यूजिक भिडियोमा खासै व्यस्त नभएपनि नायिका रीमा विश्वकर्मा अहिले आम नेपालीको घर-घरमा पुगिरहेकी छिन् । रीमा विश्वकर्मा ‘नेपाल आइडल’को होस्ट बनेपछि उनको हराउँदै गएको क्रेज फेरि एकपटक बढेको छ । हुनत, यो रियालिटी शो सकिएपछि रीमाले आफूलाइ कसरी अगाडि बढाउने हुन्, त्यो त हेर्न बाँकी नै छ ।

केही दिन अगाडि काठमाण्डौको दरबारमार्गमा रहेको डेजाभू क्लबमा आयोजित एक फेशन शोमा रीमा आकर्षक बनेर पुगेकी थिइन् । कालो वन पिस पहिरनमा रीमा निकै सुन्दर देखिएकी थिइन् ।  हुनत, रीमा पहिलेदेखि नै फेशनमा सचेत नायिका हुन् । तर, ‘नेपाल आइडल’को होस्ट बनेपछि भने उनी अझै सचेत देखिएकी छिन् । तर, फेशन शो हेर्दै गर्दा नायिकाको हाँसो भने रोकिएन । उनी, स्टेजमा प्रस्तुत गरिएका डान्स प्रस्तुतीदेखि र्‍याम्प शो हेरेर निकै हाँसिन् । रीमाको हाँसो अनलाइनखबरको क्यामेरामा कैद भएको छ । गज्जब छैन त हट सुन्दरीको हाँसो ।

तस्बिरः कमल प्रसाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment