Comments Add Comment

गोपाल खड्कालाई कारवाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिँदै

आपूर्ति मन्त्री भन्छन्-अबको बैठकले निर्णय गर्नेछ

गोपालबहादुर खड्का

२७ भदौ, काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता भएको ठहर गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कामाथि कारवाहीका लागि मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी भएको खुलासा गरेका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा आपूर्ति मन्त्री मण्डलले मन्त्रालयको छानविनले जग्गा खरिद गर्दा अनियमितता भएको देखाएको बताए । उनले छानविनका क्रममा देखिएका तथ्यहरूसहितको प्रतिवेदन तयार गरी सोमवार प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको जानकारी दिए ।

‘जग्गा खरिदका क्रममा देखिएका विषयमा सोधिएका प्रश्नको उत्तरसहितको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पठाइसकेका छौं,’ उनले भने । प्रतिवेदनमा देखिएका तथ्यको आधारमा दोषीमाथि कारवाही गरिने उनले बताए ।

मन्त्रालयले गरेको छानविनका आधारमा कारवाहीका लागि त्यसको प्रस्ताव आगामी मन्त्रीपरिषद्को बैठकमा लाने तयारी भएको मन्त्री मण्डलले बताए । उनले निगम नेतृत्वलाई कारवाही गर्न मन्त्रिपरिषदमा प्रस्ताव लाने तयारी गरिएको संकेत गरे ।

‘आगामी मन्त्रिपरिषद बैठकले आयल निगमका सम्बन्धमा ठोस निर्णय लिन्छ,’ मन्त्री मण्डलले भने ।

निगमको जग्गा खरिद अनियमिततामा असहयोग गरेकोले अघिल्ला आपूर्ति सचिव प्रेमकुमार राईको सरुवा गरिएको उनले बताए ।

दोषी देखिएका कसैले पनि उन्मुक्ति नपाउने उनले प्रष्ट  पारे । संसदीय समितिहरूले दिएको प्रतिवेदनलाई पनि मन्त्रालयले गम्भीर रुपले हेरिरहेको उनले बताए ।

सोमबारमात्र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमको जग्गा खरिदमा घोटाला भएको भन्दै त्यसमा संलग्न मन्त्रालयको तत्कालिन मन्त्री, सञ्चालक समिति र निगम अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment