Comments Add Comment

फिफा बरियातामा नेपाल ६ स्थान तल झर्‍यो

२९ भदौ, काठमाडौं । फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक गरिएको बरियातामा नेपाल १७५औं स्थानमा पुगेको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजकिस्तानसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि त्यसको असर विशव बरियतामा परेको हो ।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, वेल्जियम, पोल्याण्ड, स्वीट्जरल्याण्ड, प|mान्स, चिली, कोलोम्बो क्रमशः दोस्रोदेखि दशौं स्थानमा छन् ।

त्यस्तै दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १० स्थान तल झर्दै १ सय ७ औं पुगेको छ भने माल्दिभ्स १२ स्थान ओरालो लाग्दै १ सय ५४ औं स्थानमा छ । वरियतामा भुटान १ सय ७४ औं, बंगलादेश १ सय ९६ औं, श्रीलंका १ सय ९८ औं र पाकिस्तान २ सयौं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment